२०७९ आश्विन ३१, सोमबार २१:२३ बजे

वीरगंज । जिल्लाको सबै भन्दा ठूलो प्रशासनिक केन्द्र जिल्ला प्रशासन कार्यालय पर्सा भ्रष्टाचारीहरुको अड्डाको रुपमा परिणत भएको छ । जिल्ला प्रशासन कार्यालय पर्सामा आउने सेवाग्राहीहरुसँग कार्यालयका साना देखि ठूला कर्मचारीहरुले घुस माग्ने गरेका छन् । कार्यालयका कर्मचारीहरुले कागजात नमिलेको बहाना सोझा साझा सेवाग्राहीलाई दुःख दिने गरेको तथा घुस दिन बाध्य पार्ने गरेको सेवाग्राहीहरुको गुनासो छ ।

जिल्ला प्रशासन कार्यालय पर्सामा घुस लेनदेन हुने गरेको गुनासोहरु बढन थालेपछि अख्तियारको टोलीले कार्यालयमै पुगेर एक जना कर्मचारीलाई घुस लिइरहेको अवस्थामै रंगेहात पक्राउ गरेको छ । जिल्ला प्रशासन कार्यालय पर्साको मुद्दा शाखाका कार्यरत संजय कुमार यादवलाई अख्तियारको टोलीले घुस लिएको रकम ५ हजार नगद सहित पक्राउ गरेको छ । एक जना सेवाग्राहीसँग जग्गा फुकुवा गराई दिने भन्दै यादवले घुस लिएका थिए । सेवाग्राहीका अनुसार काम गराई दिनको लागि १६ हजार यादवले मागेकाेमा ६ हजार यसअघि नै बुझिसकेका छन् ।

अख्तियारको टोलीलाई कर्मचारीले घुस लिइरहेको सूचना प्राप्त भएपछि रंगेहात पक्राउ गर्न जिल्ला प्रशासन कार्यालय पर्सामा पुगेको थियो । जिल्ला प्रशासन कार्यालयमा घुस लिने दिने कार्य भइरहेको सूचनाको अधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौडाका डिएसपी हेमबहादुर केसीको नेतृत्वमा गएको टोलीले एक जना कर्मचारीलाई घुसको रकम सहित रंगेहात पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौडाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय