मोटरसाइकल चोरेर भाग्दै गरेको चोर लाई कुटपिट



बिरगन्ज एक्स्प्रेस डेस्क,
महोत्तरी जिल्लाको सोनमा गाउँपालिकामा मोटरसाइकल चोरेर भागदै गरेको एक जना चोरलाइ पक्राउ गरी कुटपिट गरेका छन।

स्थानिय युवाहरु क्रीकेट खेल्न मंगलनाथको खेलमैदानमा गएको बेला युवाहरुले आफ्नो मोटरसाइकल घाम बाट बच्न रुखको छायामा राखेको बेला चोरले मोटरसाइकल लाई डाइरेक्ट गरि भागेको देखेर पक्राउ गरि कुटपिट गरेका छन। पक्राउ परेका चोरलाइ प्रहरीलाई बुझाउन जादा उनी बाटोबाट उच्छिनिएर भागेका थिए।

चोर सोनमा गाउँपालिका ६ मगरथाना बस्ने २५ बर्षिय कमलेश मिश्र रहेको छ। यस भन्दा पहिले पनि उनी मोटरसाइकल चोरी गरेर बेच्ने गिरोहमा संलग्न रहेको थियो। उहाँ सानै उमेर देखी अपराधिक क्रीयाकलापमा संलग्न रहेको कुरा स्थानियहरुको भनाइ रहेको छ। मिश्रको बुवा केदार मिश्र २० बर्ष डकैती केशमा समेत जेल काटेर आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

संवाददाता

लेखकको बारेमा

संवाददाता

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज