बारा – बाराको सिम्रौनगढ नगरपालिकाका तत्कालिन निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रप्रसाद साह कानु भ्रस्टाचारमा तानिएका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सात जनाविरुद्ध आज विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । कानुसहित लेखा अधिकृत सर्मेन्द्रप्रसाद चौधरी, इन्जिनियर सुरेशकुमार यादव, सवइन्जिनियर उपेन्द्र कुशवाहा, उपभोक्ता समितिका अध्यक्ष संजय यादव, सचिव दिपेन्द्र चौधरी र कोषाध्यक्ष विजुली देवीविरुद्ध मुद्दा दायर भएको हो ।
उनीहरुले मधेश प्रदेश सरकारको अनुदानबाट आर्थिक वर्ष २०७७-७८ मा सञ्चालित योजनाहरुमा काम सम्पन्न नै नगरी रकम निकालेर खाएको अख्तियारको दावी छ ।
अख्तियारले अदालतमा दायर गरेको आरोप पत्रमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ बमोजिम ८१ हजार ९६३ रुपैयाँ बिगो मागदावी गरिएको छ ।
प्रतिक्रिया!