नेपाली बैंकमा डकैत गर्ने फरार अपराधी आरिफ खान पक्राउ

{"remix_data":[],"remix_entry_point":"challenges","source_tags":["local"],"origin":"unknown","total_draw_time":0,"total_draw_actions":0,"layers_used":0,"brushes_used":0,"photos_added":0,"total_editor_actions":{},"tools_used":{},"is_sticker":false,"edited_since_last_sticker_save":false,"containsFTESticker":false}
न्यूज डेस्क
२०८१ पुष ३, बुधवार ०८:२३ बजे

सिरहा ।  भारतीय नागरिक आरिफ खान, जसलाई आरिफ हुसेन पनि भनिन्छ, नेपालमा विभिन्न लुटपाट र डाँका घटनामा संलग्न रहेको भन्दै पुलिसको निगरानीमा रहेका थिए ।

२०८१ मंसिर २९ गते गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सिरहाले निजलाई सिरहा नगरपालिका वडा नं. १७ माडरस्थित नेपाल-भारत सीमा नजिकै फेला पारी पक्राउ गरेको जानकारी प्रहरीले दिएकाे छ।

प्रारम्भिक अनुसन्धानबाट, आरिफ खान माथि विभिन्न संगठित अपराध र डाँकाको आरोपहरू रहेका छन्। उनलाई चोटपटक लागेको अवस्थामा पक्राउ गरी सिरहा प्रादेशिक अस्पतालमा उपचार गरिएपछि, जिल्ला प्रहरी कार्यालय सिरहामा सोधपुछको लागि पठाइएको छ।

प्रमुख आरोपहरू:

एनएमबी बैंक लुटपाट (२०८० माघ १६)-४/५ जना नकाबपोश अपराधीहरूले महोत्तरी जिल्लाको एनएमबी बैंकमा हतियार देखाएर कर्मचारी र ग्राहकलाई कब्जामा लिएर रु. ३८ लाख नगद र बैंक कर्मचारीको मोबाइल लुटेका थिए । यस घटनामा आरिफ खानको संलग्नता रहेको थाहा पाइएको छ।

ग्लोबल आईएमई बैंक लुटपाट (२०७९ माघ १०) – सिरहा जिल्लाको मिर्चैया स्थित ग्लोबल आईएमई बैंकबाट ९ लाख नगद लुटिएको घटना, जहाँ आरिफ खान र अन्य ३ जना अपराधीहरूले सहायक लेखापाल उपेन्द्र साह र चालक नितेश खवासलाई कुटपिट गरी नगद रकम लुटेका थिए।

भारतमा संगठित अपराध–भारतको बिहार राज्यको मधुवनी जिल्लामा समेत आरिफ खानको नाममा विभिन्न लुटपाट र हातहतियारको मुद्दा दर्ता रहेको बताइएकाे छ, र निजलाई पक्राउ गर्न २५,०००। रुपैयाँको पुरस्कार घोषणा गरिएको थियाे।

नेपाल र भारतका सुरक्षा अधिकारीहरूले आरिफ खानको समग्र आपराधिक गतिविधिहरूको अनुसन्धान गरिरहेका छन्। यस घटनाले सीमा पारको अपराधीहरूलाई समात्न थप सहयोग पुर्याउने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लेखकको बारेमा

न्यूज डेस्क

न्यूज डेस्क

लेखकबाट थप

स्थानीय खबर

सबै हेर्नुहोस्